Rule 29
लिलाम बिक्री नभएमा जायजेथा संस्था वा संघको स्वामित्वमा रहने

नियम २५ र २७ बमोजिम लिलाम बिक्री गर्नु पर्ने जायजेथा लिलाम बिक्री गर्दा कसैले नसकारेमा संस्था वा संघले उक्त जायजेथाको स्वामित्व आफूमा लिन सक्नेछ र त्यस्तो स्थितिमा सम्बन्धित सरकारी कार्यालयहरूले संस्था वा संघको जनाउ बमोजिम आफ्नोकार्यालयमा रहेको श्रेस्तामा तदनुसार रजिष्ट्रेशन वा दाखिल खारेज गरी दिनु पर्नेछ ।